बिहीबार र शुक्रबार ९६०० बढेको सुन आज बन्यो अहिलेसम्मकै सबैभन्दा महँगो
489820789 1093234816177365 2182008846978663138 N

April 13, 2025, Jyotishsanchar press

दुई दिनमा नौहजार ६ सय रुपैयाँ बढेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ।

बिहीबार तोलामा पाँच हजार सातसय र शुक्रबार तोलामा तीन हजार नौसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।

आज सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनकाे मूल्य एक लाख ८५ हजार रुपैयाँ थियाे।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ बढेर एक हजार नौसय ६०रुपैयाँ पुगेको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको