सुनको मूल्य हालसम्मकै उच्च
489820789 1093234816177365 2182008846978663138 N

April 16, 2025, Jyotishsanchar press

काठमाडौं । सुनको मूल्य तोलाको १ लाख ८७ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मङ्गलबार प्रतितोला १ लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन आज तोलामा २ हजार ७ सय बढेर १ लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय ५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा  १० रुपैयाँ  बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३ हजार २ सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भई रहेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको