सुनकाे मूल्य आज प्रतिताेला दुई हजार नाै सयले बढ्याे

काठमाडौँ। नेपाली बजारमा शुक्रबार भने सुनको मूल्य बढेकाे छ । यसअघि चार दिन लगातार घटेकाे सुनकाे मूल्य आज प्रतिताेला दुई हजार नाै सयले बढेकाे हाे ।

याे हप्ता आइतबार सुनको मूल्य १ हजार ३०० ले बढेको थियाे । साेमबार ६०० ले घट्याे भने मंगलबार एकै दिन ७ हजार ९०० ले घटेकाे थियाे । बुधबार पनि एक हजार एक सयले घट्याे । बिहीबार प्रतिताेला एक हजार चार सयले घटेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन प्रतितोला २ लाख ६२ हजार ५०० मा कारोबार भइरहेको छ।

यस्तै आज चाँदीको मूल्यमा पनि बृद्धि भएको छ।‌ आज चाँदी ११० रुपैयाँले बढेको हो। यससँगै ४ हजार ५२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।‌

Gold

January 2, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको