दुई हजार एक सयले बढ्याे सुनकाे मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेकाे छ। आज प्रतिताेला दुई हजार एक सय रुपैयाँले मूल्य बढेकाे हाे । बिहीबार दुई हजारले घटेकाे थियाे ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार ८०० कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य भने घटेकाे छ। ५५ रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ४ हजार ७८० कायम भएको महासंघले जनाएकाे छ ।

Gold

January 9, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको