दुई हजार आठ सयले बढ्याे सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ। आज प्रतिताेला दुई हजार आठ सय रुपैँयाँले मूल्य बढेकाे हाे ।

गत हप्ता बिहीबार दुई हजारले घटेकाे सुन शुक्रबार दुई हजार एक सय रुपैँयाँले मूल्य बढेकाे थियाे ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७० हजार ६०० कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेकाे छ। २१० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ४ हजार ९९० कायम भएको महासंघले जनाएकाे छ । याे मूल्य हालसम्मकै उच्च हाे ।

Gold

January 11, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको