३१.१२ अंकले बढ्याे नेप्से

काठमाडाैँ । आइतबार शेयर बजारमा उत्साह देखिएको छ । आज नेप्से परिसूचक ३१ .१२ अंकले बढेकाे हाे ।

यससँगै आज नेप्से २ हजार ६७२.५५ अंकमा उक्लिएको छ । काराेबार भने ८ अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबरको भएकाे छ । एक करोड ६६ लाख ११ हजार कित्ता शेयर कारोबार भएका हुन् ।

आज सेन्सेटिभ इन्डेक्स समेत १.०३ प्रतिशतले बढ्दै ४५९.४३ अंकमा उक्लिएको छ । सबै उपसूचक धनात्मक हुँदै आज बजार नै हरियाली बनेको छ ।

सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक ५.७३ प्रतिशतले बढेको छ । २२४ कम्पनीको शेयर मूल्य बढ्दा ३१ कम्पनीको मात्र मूल्य घटेको छ ।

Share

January 18, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको