सुनकाे मूल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य ह्वात्तै बढेको छ।‌ आज प्रतिताेला ४ हजार २ सय रुपैँयाँले मूल्य बढेकाे हाे । आइतबार ६ सयले बढेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८२ हजार कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेकाे छ । १८५ रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ८१० कायम भएको महासंघले जनाएकाे छ । याे पनि हालसम्मकै उच्च मूल्य हाे ।

Gold

January 19, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको