काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य ह्वात्तै बढेको छ । आज प्रतिताेला २ हजार ७ सय रुपैँयाँले मूल्य बढेकाे हाे । आइतबार ६ सयले बढ्याे भने साेमबार ४ हजार २ सय रुपैँयाँले मूल्य बढेकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८४ हजार ७ सय कायम भएको छ। याे हालसम्मकै उच्च मूल्य हाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि बढेकाे छ । ७० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ८८० कायम भएको महासंघले जनाएकाे छ । याे पनि हालसम्मकै उच्च मूल्य हाे ।

January 20, 2026, Jyotishsanchar press

