सुनकाे मूल्यमा भारी बृद्धि, एकै दिन ९२०० ले बढ्याे

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेकाे छ । आज प्रतिताेला ९ हजार २ सय रुपैँयाँले मूल्य बढेकाे हाे । याे सँगै पहिलाे पटक सुनकाे मूल्य तीन लाख नाघेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख एक हजार चार सय कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ । ३२० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ६ हजार १९० कायम भएको महासंघले जनाएकाे छ । यो हालसम्मकै उच्च मूल्य हाे ।

Gold

January 23, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको