काठमाडौँ । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य बढेकाे छ । आज प्रतिताेला २ हजार ४ सय रुपैँयाँले मूल्य बढेकाे हाे । याे सँगै सुनकाे मूल्य हालसम्मकै उच्च भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख तीन हजार आठ सय कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हाे । शुक्रबार ३ लाख १ हजार चार सय कायम भएको थियो।
यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ । २९० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ६ हजार ४८० कायम भएको महासंघले जनाएकाे छ । यो हालसम्मकै उच्च मूल्य हाे ।

January 25, 2026, Jyotishsanchar press

