काठमाडौँ । नेपाली बजारमा साेमबार पनि सुनको मूल्य ह्वात्तै बढेकाे छ । आज प्रतिताेला ५ हजार २ सय रुपैँयाँले मूल्य बढेकाे हाे । याे सँगै सुनकाे मूल्य हालसम्मकै उच्च भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख नाै हजार कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हाे । आइतबार २ हजार ४ सय रुपैँयाँले मूल्य बढेकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ । २८५ रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ६ हजार ७६५ कायम भएको महासंघले जनाएकाे छ । यो हालसम्मकै उच्च मूल्य हाे ।

January 26, 2026, Jyotishsanchar press

