सुनको मूल्य नाै सयले घट्याे

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेकाे छ । आज प्रतिताेला नाै सय रुपैँयाँले मूल्य घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १ हजार ९०० कायम भएको छ।

याे हप्ता आइतबार प्रतिताेला २ हजार ३०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार ३ हजार रुपैँयाँले मूल्य घटेकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य भने बढेको छ । २५ रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ४ हजार ८८५ कायम भएको महासंघले जनाएकाे छ ।

Gold

February 17, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको