गृहमन्त्रीबारे सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित विवादबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्रीको कथित साझेदारीबारे सरकारसँग तत्काल स्पष्टीकरण माग गरे।

लिङदेनले सुशासनको नारा दिने सरकारले गृहमन्त्रीसँग जोडिएका विषयमा सञ्चारमाध्यममा उठिरहेका प्रश्नहरू बेवास्ता गर्न नहुने बताए। “गृहमन्त्रीका विषयमा अहिले जे–जस्ता कुरा सार्वजनिक भइरहेका छन्, त्यसबारे सरकारले तुरुन्त आफ्नो धारणा स्पष्ट पार्नुपर्छ,” उनले भने।

उनले गृहमन्त्री स्वयंले पनि आफ्नो स्थिति प्रस्ट पार्नुपर्ने र पार्टी नेतृत्वले समेत यस विषयमा स्पष्ट अडान लिनुपर्ने बताए।

साथै, ‘स्टन्ट’का भरमा देश सञ्चालन हुन नसक्ने टिप्पणी गर्दै उनले सरकारको आलोचना गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको