यस्ताे छ आजका लागि विदेशी मुद्राहरूको विनिमयदर

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकीको विनिमयदर स्थिर छ। अस्ट्रेलियन डलरको विनिमयदर घट्दा युरो, पाउन्ड र कुबेती दिनारको भने बढेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा छ।

गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ३० पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा छ। पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९७ रुपैयाँ २९ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ४० पैसा र बिक्रीदर १०२ रुपैयाँ ८२ पैसा छ। कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४७६ रुपैयाँ १९ पैसा छ।

आज बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६४ पैसा छ।
यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

Dolor

February 19, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको