आज चार हजार तीन सयले बढ्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा केही दिनदेखि घटेकाे सुनको मूल्य बिहीबार भने बढेकाे छ । आज प्रतिताेला चार हजार तीन सय रुपैँयाँले मूल्य बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ४ हजार ७०० कायम भएको छ ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ । १८० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ६० कायम भएको महासंघले जनाएकाे छ ।

Gold

February 19, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको