काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला ५०० रुपैँयाँले मूल्य घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १४ हजार ९०० कायम भएको छ।
यस्तै आज चाँदीकाे मूल्य भने बढेको छ। १५ रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ७४० कायम भएको महासंघले जनाएकाे छ ।
माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।

February 27, 2026, Jyotishsanchar press

