काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भए पनि पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ ।
निगमका अनुसार फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्यसूची अनुसार पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य बढेर आएको छ ।
पेट्रोलमा प्रतिलिटर २.१०, डिजेलमा २.४६ र एलपी ग्यासमा प्रतिसिलिन्डर १८.५८ रुपैयाँले मूल्य वृद्धि भए पनि निगमले मूल्यवृद्धि नगरी मूल्य यथावत राखेको छ ।

February 28, 2026, Jyotishsanchar press

