सुनको मूल्य आज ३ हजार ७०० ले घट्याे

काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला ३ हजार ७०० रुपैँयाँले मूल्य घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १३ हजार २०० कायम भएको छ। आइतबार ३ हजार ५०० रुपैँयाँले मूल्य बढेकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि घटेको छ । ६५ रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार ४१० रुपैंयाँ कायम भएको महासंघले जनाएकाे छ ।

Gold Rates 1734936480

March 9, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको