नेप्से परिसूचक १६२ दशमलव ९३ अंकले बढ्याे

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अंककाे बृद्धि भएको छ।

आज नेप्से परिसूचक १६२ दशमलव ९३ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ४३ को बिन्दुमा पुगेकाे हाे । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो दिन खुलेको बजारमा लगानीकर्तामा उत्साह देखिएको हो ।

आज बजार खुलेलगत्तै नेप्से परिसूचकमा चार प्रतिशतको बृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो ।

त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार खुलेको एक मिनेटभित्रै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा पाँच प्रतिशतको बृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो ।

त्यस्तै, नेप्सेमा तेस्रो पटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको थियाे ।

आज २६१ कम्पनीका ११ लाख ४३ हजार ७६७ कित्ता शेयर चार हजार ५१ पटक खरिद–बिक्री हुँदा ५५ करोड ५९ लाख ६३ हजार ८९४ बराबरको कारोबार भएको छ ।

Share

March 9, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको