काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ १५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३१ पैसा र बिक्रीदर २१ रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ २७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४० रुपैयाँ ५० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ २५ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९२ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३८२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ४९ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

March 10, 2026, Jyotishsanchar press

