काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ । आज प्रतिताेला ७ हजार ८०० रुपैँयाँले मूल्य घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९४ हजार ५०० कायम भएको छ ।
याे हप्ता आइतबार ४ हजार ८०० रुपैँयाँले मूल्य घटेकाे थियाे । साेमबार १०० रुपैँयाँले मूल्य बढेकाे थियाे भने मंगलबार ४०० रुपैँयाँले मूल्य बढ्याे । यस्तै बुधबार प्रतिताेला २ हजार २०० रुपैँयाँले मूल्य घटेकाे थियाे । बिहीबार ५ हजार ४०० रुपैँयाँले मूल्य घट्याे ।
यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । आज ११५ रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ४ हजार ८९५ रुपैंयाँ कायम भएको छ ।

March 20, 2026, Jyotishsanchar press

