काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज प्रतिताेला १२ हजार ५०० रुपैँयाँले मूल्य घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८२ हजार कायम भएको छ ।
यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । आज ३५५ रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ४ हजार ५४० रुपैंयाँ कायम भएको छ ।

March 22, 2026, Jyotishsanchar press

