काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । आज प्रतिताेला १ हजार ६०० रुपैँयाँले मूल्य घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७३ हजार ९०० कायम भएको छ ।
याे हप्ता आइतबार १२ हजार ५०० रुपैँयाँले मूल्य घटेकाे थियाे भने साेमबार प्रतिताेला ६ हजार ५०० रुपैँयाँले मूल्य घट्याे ।
यता आज चाँदीकाे मूल्य भने बढेकाे छ । आज ८० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ४ हजार ५०५ रुपैंयाँ कायम भएको छ ।

March 24, 2026, Jyotishsanchar press

