काठमाडौँ । नेपाली बजारमा लगातार घटेकाे सुनकाे मूल्य बुधबार भने ह्वात्तै बढेकाे छ । आज प्रतिताेला १४ हजार ६०० रुपैँयाँले मूल्य बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८८ हजार ५०० कायम भएको छ ।
याे हप्ता आइतबार १२ हजार ५०० रुपैँयाँले मूल्य घटेकाे थियाे भने साेमबार प्रतिताेला ६ हजार ५०० रुपैँयाँले मूल्य घट्याे । मंगलबार पनि १ हजार ६०० रुपैँयाँले मूल्य घटेकाे थियाे ।
यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ । आज ४१५ रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ९२० रुपैंयाँ कायम भएको छ।

March 25, 2026, Jyotishsanchar press

