काठमाडौं । प्रमुख पदमा बसेका व्यक्तिले मातहतका कर्मचारीबाट भएको गल्तीलाई स्वीकार गरेर माफी माग्न सक्नुपर्छ। “आफू प्रमुख हुँदा मातहतका कसैले गल्ती गरेमा त्यो स्वीकार गर्नुपर्छ र आवश्यक परे माफी माग्न पनि हिच्किचाउनु हुँदैन,” ।
प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुन ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले जेएनजी आन्दोलनका क्रममा भएका कमजोरी स्वीकार गर्नुपर्ने बताएका छन्।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त धारणा राखेका हुन्। पुनले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक ले गोली चलाउने प्रत्यक्ष आदेश नदिएको भए पनि सरकारको नेतृत्वमा रहेका व्यक्तिले घटनाको जिम्मेवारी लिनुपर्ने बताए।
उनका अनुसार गल्ती स्वीकार गर्दा व्यक्तिको प्रतिष्ठा नघट्ने बरु जिम्मेवार नेतृत्वको परिचय दिने तर्क गरे।
फरक प्रसङ्गमा उनले संसदमा सांसदहरूले उठाएका मागहरू सरकारले सम्बोधन गरेर अघि बढ्नुपर्ने बताए।

