जिफ्न्टको जिम्मेवारी ज्ञानु माया क्षेत्रीले समाल्ने

काठमाडौ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आवद्ध  नेपाल गृहश्रमिक ट्रेड युनियन ‘हुन’ले आफ्नो चौथो अधिवेशनको समुद्घाटन गर्दै प्रमुख अतिथि बिनोद श्रेष्ठले नेपालमा घर आधारित श्रमिकको अधिकारका लागि ‘हुन’ ले गर्दै आएको महत्त्वपूर्ण कामहरुको प्रशंसा गर्दै अब आउने नयाँ कार्य समितिले अझै प्रभावकारी काम गर्ने बिश्वास सहित शुभकामना मन्तव्य राख्नु भएको छ । सम्बोधन कै क्रममा प्रमुख अतिथी श्रेष्ठले बदलिँदो राजनीति परिस्थितिमा युनियनलाई सशक्त ढङ्गले अगाडि बढाउन सकिएन भने बिगतबाट प्राप्त अधिकार पनि गुम्न सक्ने संभावना बढेर गएको चिन्ता जाहेर गरेका छन ।

चन्द्र सागर लामाको अध्यक्षतामा सम्पन्न अधिवेशनले ज्ञानुमाया क्षेत्रीको अध्यक्षतामा १७ सदस्य केन्द्रीय कमिटी र प्रतिनिधि परिषद् प्रमुखमा चन्द्रसागर लामालाई निर्वाचित गरेको छ ।

उक्त अधिवेशन कार्यक्रम अन्तर्राष्ट्रिय ट्रेड युनियन समन्वय केन्द्र, आईटीयुसीन्याक तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौ स्थित होटल कृस्टल पशुपति, पिङ्गलास्थानमा सम्पन्न भएको हो ।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको