काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर जिल्ला ललितपुर महानगरपालिका-१४ बस्ने बागलुङ घर भएका ३७ वर्षीय खिमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत पाटनको २०७७ फागुन १९ गतेको फैसलाले उक्त मुद्दामा ६ लाख रूपैयाँ जरिवाना र ३ दिन कैद तथा क्षतिपूर्ति २४ हजार रूपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ ताल्छिखेलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।
अपराधिक षडयन्त्र तथा अनुचित लेनदेनसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । अपराधिक षडयन्त्र तथा अनुचित लेनदेनसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सिन्धुपाल्चोक घर भएका ५६ वर्षीय गोपाल श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत रूपन्देहीबाट अनुचित लेनदेनसम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिक-२८ बागबजारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देही पठाइएको छ ।

