दैनिक ‘लगबुक’ प्रणाली लागू गर्न सरकारको निर्देशन

काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले, दैनिक ‘लगबुक’ प्रणाली लागू गर्न सरकारले निर्देशन दिएको छ।

मन्त्रालयले विमानस्थलको सरसफाइ अन्तरराष्ट्रिय मापदण्डअनुसार कायम गर्न, दैनिक ‘लगबुक’ प्रणाली लागू गर्न र विश्व स्वास्थ्य सङ्गठन तथा अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठनका स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न समेत निर्देशन दिएको छ।

निर्देशन कार्यान्वयनको जानकारी मन्त्रालयलाई दिन र कार्यान्वयन नभएको खण्डमा सर्वसाधारणले सूचना दिन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको