कर्णाली । कर्णालीको समाजमा व्याप्त निराशा चिर्ने र समतामूलक समृद्धिको गोरेटो कोर्ने सत्प्रयास हुनेछ उनका अनुसार संस्कृति र सम्भावनालाई मन्थन गर्ने विचारको साझा चौतारीका रूपमा ‘कर्णाली उत्सव’ संस्थागत हुँदै गएको बताउनुभयो।
पूर्वमन्त्री तथा उत्सवका कल्पनाकार माधवप्रसाद चौलागाईँले कर्णाली प्रदेशलाई धार्मिक तथा सामाजिक क्षेत्रमा अग्रता दिनुका साथसाथै सीमान्त मन संघर्ष सफलताको कथा निर्माणका लागि गरेको पैकला (नायक)हरूको कथा जेन्जी पुस्ताको सडकदेखि सदनसम्मको प्रभावलाई प्रस्तुत गरिने बताउनुभयो।
कर्णाली उत्सव आयोजक समितिको सचिवालयका संयोजक कमल लम्सालले कर्णालीको समग्र सवालको उठान गरी यहाँको विकास र समृद्धिमा सघाउने विशेष मञ्चका रूपमा उत्सव सञ्चालन गर्न लागिएको राससलाई जानकारी दिए ।
“हामी मोक्षभूमि कर्णालीको भूगोलबाट महिला नेतृत्वदेखि सीमान्त मान्ठ, सङ्घर्ष र सफलताको कथा निर्माणका गरेका पैकला (नायक)हरूको कथा, जेनजेड पुस्ताको सडकदेखि सदनसम्मको प्रभाव र पहुँच, उपल्लो कर्णालीको रैथाने उपचार पद्धति रोवा रिग्पाको बौद्धिक चर्चा तथा ऊर्जा, प्रविधिको विकासबारे उत्सवमा विमर्श हुने” उहाँले बताउनुभयो।
आयोजक समितिको सचिवालयको सदस्य प्रकाश लामिछानेले तीन दिनसम्म सञ्चालन हुने उत्सवमा १५ वटा विविधतापूर्ण मूल सत्र समावेश गरिएको र त्यसमा १० वटा सत्र हुने जानकारी दिए । त्यस्तै, कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरेका तीन पैकेला जुनु हमाल ढकाल (प्रमुख जिल्ला अधिकारी), रतन देवकोटा (रेथाने सङ्गीतकर्मी) र चिकित्सक डा अखण्ड उपाध्यायको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिने उहाँले बताउनुभयो।
उत्सवमा नेपाली चलचित्र इतिहासका महानायक राजेश हमालसँग ‘नखिचिएका सिनेमा’का बारेमा कुराकानी गरिने भएको छ । ‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौँ संस्करण चैत २८-३० गतेसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।

