पेट्रोलियम पदार्थमा मूल्यवृद्धि: डिजल/मट्टीतेलमा ३० रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाइएको जनाएको हो।

नयाँ मूल्यसूचीअनुसार डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ।

परिवर्तित मूल्यअनुसार अब डिजल/मट्टीतेलको प्रतिलिटर मूल्य २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ कायम भएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीका आधारमा समायोजन गर्दा समेत निगम घाटामै रहेको छ।

लागत मूल्य उच्च र बिक्री मूल्य न्यून हुँदा हाल पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा रहेको निगमले जनाएको छ।

पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा व्यहोर्नुपरेको निगमको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको