काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा हल्का वृद्धि भएको छ।
सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ३ लाख २ हजार ८०० पुगेको छ भने चाँदी ३० रुपैयाँले वृद्धि भई ५ हजार २५० रुपैयाँ कायम भएको छ।
महासङ्घका अनुसार हिजोको तुलनामा आज मूल्यमा वृद्धि देखिएको हो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ८२१ डलर र चाँदी ८० डलरमा कारोबार भइरहेको बताइएको छ।

