काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूका सभापति उम्मेदवार टुंगो लगाएको छ।
बिहीबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको बैठकले विभिन्न समितिका लागि उम्मेदवार चयन गरेको हो।
कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी र पूर्वाधार विकास समितिमा आशिष गजुरेललाई उम्मेदवार बनाइएको छ।
यसैगरी महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीलाई अघि सारिएको छ।

