रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका मुख्य एजेन्डाहरू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सांगठनिक सुदृढीकरण र संरचनागत सुधारका विषयमा छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ। सभापति रवि लामिछानेले आगामी वैशाख ६ गते दिउँसो ३:३० बजे केन्द्रीय कार्यालयमा बस्ने गरी उक्त बैठक बोलाउनुभएको हो।

यस बैठकको मुख्य एजेन्डा पार्टीको आगामी महाधिवेशन र जिल्ला अधिवेशनको तयारीलाई बनाइएको छ। बैठकमा ‘जिल्ला अधिवेशन कार्यविधि–२०८३’ को प्रस्ताव र ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गर्ने सम्बन्धमा ठोस छलफल गरी निर्णय लिइनेछ।

यसैगरी, पार्टीको आन्तरिक संरचनालाई पूर्णता दिन केन्द्रीय आयोग, सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्चको विस्तार र विभिन्न विभागहरूमा सदस्य मनोनयन गर्ने तयारी रास्वपाले गरेको छ। बैठकमा आर्थिक पारदर्शिताका लागि बैंक खाता सञ्चालनको नयाँ व्यवस्था र विभिन्न परियोजनाहरूमा विज्ञहरूको संलग्नता बढाउने विषयमा पनि छलफल हुनेछ।

बैठकले विशेषगरी प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट गर्ने कार्यसूची तय गरेको छ। यसका साथै आगामी केन्द्रीय समिति बैठकको तयारी, संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग र लेवी व्यवस्थापन जस्ता प्रशासनिक तथा सांगठनिक मुद्दाहरूमा पनि सचिवालयले आवश्यक निर्णय लिने बताइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको