गृहमन्त्री सुधन गुरुङको राजीनामा, निष्पक्ष छानबिनका लागि पद त्याग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। बुधबार उनले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका हुन्।

फेसबुकमार्फत् सार्वजनिक सन्देशमा उनले आफू सम्बन्धित विषयमा निष्पक्ष छानबिन सुनिश्चित गर्न र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उल्लेख गरेका छन्।

“मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् तथा त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,” उनले लेखेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको