नेप्से २.९५ अंकले घट्दा पनि कारोबार ७.८१ अर्ब, केही कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा बन्द भएको छ।

सूचक घटे पनि बजारमा कारोबार रकम भने बढेको देखिएको छ। दिनभरिमा ३४२ कम्पनीका १ करोड ७५ लाख कित्ता सेयर किनबेच हुँदा कुल ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज केही कम्पनीहरूको सेयर मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। पाल्पा सिमेन्टको मूल्य १५ प्रतिशतले बढ्दा सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलपमेन्टमा समान १४.९९ प्रतिशतको वृद्धि भएको छ। झापा इनर्जीका लगानीकर्ताले १४.०८ प्रतिशत नाफा कमाएका छन्। यता होटल फरेस्ट इनको सेयर मूल्यमा सबैभन्दा बढी १०.७५ प्रतिशत गिरावट आएको छ।

समूहगत रूपमा होटल तथा पर्यटन समूहमा २.३६ प्रतिशत र ट्रेडिङ समूहमा १.१० प्रतिशत गिरावट देखिएको छ भने अन्य समूहमा एक प्रतिशतभन्दा बढी उतारचढाव देखिएन।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर अगाडि रह्यो, जसको ४१ करोड ३४ लाख ७८ हजार रुपैयाँभन्दा बढीको कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स (३२ करोड ७८ लाख) र सोलु हाइड्रोपावर (३१ करोड ६९ लाख) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको