बजार अनुगमन सम्पन्न

नागरिक समाजको संयुक्त प्रतिनिधिमण्डलले बजार अनुगमन सम्पन्न गरी फुटपाथ हटाइएको छ ।

पैदलयात्री तथा पर्यटकहरूलाई सास्ती भएको गुनासोपछि फुटपाथमा राखिएका व्यापार तथा व्यवसायलाई हटाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम, नगरप्रहरी, पर्यटन व्यवसायी तथा नागरिक समाजको संयुक्त प्रतिनिधिमण्डलले बजार अनुगमन गरी फुटपाथमा व्यापार व्यवसाय नगर्न, फुटपाथ अतिक्रमण नगर्न, जथाभाबी पार्किङ नगर्न नगराउन सचेत गराइएको सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिए ।

उनकाअनुसार पोखराको लेकसाईड क्षेत्रमा यौनजन्य क्रियाकलाप तथा फुटपाथ व्यापार मुख्य समस्याको रूपमा देखिएकोले यसलाई अन्त्य गर्न सचेतना गरिएको हो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको