गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई अदालतले आधिकारिकता दिएपछि कांग्रेसभित्र खड्का पक्षको बैठक बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिएपछि खड्का पक्षले आगामी रणनीति तय गर्न बैठक बोलाएको हो।

निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाका अनुसार वैशाख १५ गते महाराजगन्जस्थित स्मार्ट होटलमा बैठक बस्नेछ। उनले समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिएकी छन्।

खतिवडाले बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइन्।

यसैबीच, कांग्रेसले अनुशासन उल्लङ्घनको आरोपमा खड्कालाई स्पष्टिकरण सोधेको छ। तर खड्काले स्पष्टिकरणको जवाफ नदिएको बताइएको छ। वैशाख ६ गते सभापति गगन थापाले खड्काको निवासमै पुगेर उनीसँग छलफलसमेत गरेका थिए।

यता, संस्थापन पक्षले आगामी कदमबारे औपचारिक प्रस्ताव अघि नबढाउँदै खड्काले आफ्ना समर्थक निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको