पाँचथरमा बाँस काट्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

काठमाडौं । पाँचथरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ गाउँपालिका–७ का खडकबहादुर तामाङको बाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

तामाङले काटिरहेको बाँस काबेली करिडोरअन्तर्गत १३२ केभी विद्युत् प्रसारण लाइनको तारमा पुगेपछि करेन्ट लागेको प्रहरीले जनाएको छ। बाँस ओसिलो भएकाले करेन्ट प्रवाह भई घटना भएको बताइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको