नेपाल टेलिकमको ‘समर अफर २०८३’ सार्वजनिक, भ्वाइस र डाटामा आकर्षक प्याकेज

काठमाडौं । नेपाल टेलिकमले ग्राहकका लागि विभिन्न आकर्षक सुविधा सहित ‘समर अफर २०८३’ सार्वजनिक गरेको छ। यो अफर वैशाख ११ गतेदेखि लागू भएको हो।

अफर अन्तर्गत कम्पनीले भ्वाइस र डाटाका नयाँ तथा परिमार्जित प्याकेजहरू ल्याएको छ। यसपटक प्रिपेड मोबाइलमा उपलब्ध २८ दिनको प्याकेजलाई बढाएर ३० दिनको बनाइएको छ। साथै, सबै ३० दिने भ्वाइस प्याकेजहरू अब अल–नेट (सबै नेटवर्कमा कल गर्न सकिने) सुविधासहित उपलब्ध हुने प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिएका छन्।

‘सजिलो अनलिमिटेड प्याक’लाई थप आकर्षक बनाइएको छ। अब ९९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, ३०० जीबी डाटा र ३०० अल–नेट एसएमएस पाइनेछ। त्यस्तै ७९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, १५० जीबी डाटा र २५० अल–नेट एसएमएस उपलब्ध हुनेछ।

डाटा प्याकतर्फ ५४९ रुपैयाँमा ४० जीबी र ९९९ रुपैयाँमा १०० जीबी डाटा प्याक ल्याइएको छ। दैनिक प्रयोगकर्ताका लागि ५९९ रुपैयाँमा प्रतिदिन २ जीबी र ३४९ रुपैयाँमा प्रतिदिन १ जीबी प्रयोग गर्न सकिने मासिक प्याकेज पनि समावेश गरिएको छ। छोटो समयका लागि २५ रुपैयाँमा १ घण्टासम्म चलाउन मिल्ने अनलिमिटेड भ्वाइस तथा डाटा प्याकेज समेत उपलब्ध छ।

यसका अतिरिक्त नाइट प्याक, कम्बो प्याकेज, सीयूजी, एसएमएस र एफटीटीएच सेवामा पनि थप सुविधा समावेश गरिएको छ। ग्राहकले *१४१५# डायल गरेर, ‘नेपाल टेलिकम’ एप वा कम्पनीको वेबसाइटमार्फत यी प्याकेजबारे जानकारी लिन र सेवा खरिद गर्न सक्नेछन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको