सङ्घीय संसद् अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्को सिफारिसकै आधारमा अधिवेशन स्थगन गरिएको हो। यसअघि वैशाख ९ गते सरकारले गरेको सिफारिसअनुसार वैशाख १७ गते अधिवेशन बोलाइएको थियो।

तर वैशाख १० गते सरकारले राष्ट्रपति कार्यालयमा अधिवेशन स्थगनका लागि पत्र पठाएको थियो। उक्त पत्रमा नयाँ मिति भने उल्लेख नगरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको