स्वर्गद्वारी जाँदै गरेको तीर्थयात्री सवार जीप दुर्घटना, १ बालकको मृत्यु

काठमाडौं । प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

प्रहरीका अनुसार आज दिउँसो प्युठान नगरपालिका–४ टाकुरा सडकखण्डमा लु१ज ३१७५ नम्बरको जीप दुर्घटना भएको हो। जीप भिंग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि बुटवल पठाइएको छ।

जीपमा पाँच बालबालिकासहित सबै भारतीय तीर्थयात्री सवार थिए। चालक नेपाली नागरिक रहेको र उनी पनि घाइते भएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको