सांसदलाई कानुनभन्दा माथि राख्न मिल्दैन : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका निवर्तमान प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभा नियमावलीको प्रस्तावित मस्यौदामा समावेश केही प्रावधानप्रति आपत्ति जनाएका छन्। उनले मस्यौदाको नियम २५९ ले प्रचलित सङ्घीय कानुनलाई नै चुनौती दिन खोजेको भन्दै यसलाई त्रुटिपूर्ण र विधिको सन्तुलनविपरीत भएको टिप्पणी गरेका हुन्।

उनका अनुसार प्रस्तावित व्यवस्थामा ‘प्रचलित कानुनमा जुनसुकै कुरा भए पनि सभा, समिति र सदस्यका हकमा यो नियमावली सङ्घीय कानुनसरह लागू हुनेछ’ भन्ने उल्लेख हुनु गलत अभ्यास हो।

बर्तौलाले नियमावलीले कानुनलाई प्रतिस्थापन वा निष्प्रभावी पार्न नसक्ने स्पष्ट पार्दै यसलाई सदनको कार्य सञ्चालन र आन्तरिक व्यवस्थापनका लागि मात्र प्रयोग हुने कार्यविधिगत दस्तावेजको रूपमा बुझ्नुपर्ने बताएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको