बबई नदीमा पक्की पुल नहुँदा स्थानीय मर्कामा

दाङ ।बबई नदीमा पक्की पुल नहुँदा वर्षा याममा स्थानीय मर्कामा पर्नुका साथै गाउँपालिकाको केन्द्र हापुर पुग्न समेत समस्या भएको छ ।

बबई गाउँपालिका वडा नं. १ र ५ लाई जोड्न पुरन्धारमा पक्की पुल नहुँदा मलै, जिला, सिमलकुनाका सर्वसाधारणलाई गाउँपालिकाको केन्द्र हापुर पुग्न समस्या समस्या भएको स्थानीयले बताएका छन् ।

स्थानीय भन्छन् हिउँदमा अस्थायी पुलबाट हापुर गएता पनि वर्षायाममा हापुरसँग पुग्न सक्ने कुनै पनि अवस्था रहँदैन। हिँडेरै जाउँ त भने पाँच घण्टा लाग्छ बिरामी परे भने त झन् हामीले ठूलो कठिनाइ भोग्नु परेको छ

लुम्बिनी प्रदेश सरकारले पुल बनाउन रु एक करोड ७० लाख बजेट विनियोजन गरेको भनिए पनि हालसम्म प्रस्तावित पुल निर्माणस्थलमा कुनै काम भएको छैन ।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको